काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५० करोड ७७ लाख ८३ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य २ सय ४४ रुपैयाँ पुगेको छ ।
बिहीबार ९४ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्