काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को मंसिर मसान्तसम्म माइक्रो इन्स्योरेन्स कम्पनीहरुले कुल बीमा शुल्क ३३ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएकाे छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार माइक्रो इन्स्योरेन्स कम्पनीहरुले ५ महिनामा उक्त बीमाशुल्क आर्जन गरेको हो ।
माइक्रो इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले मंसिर मसान्तसम्मा १० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सर्वाधिक कारोबार गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमा शुल्क ८ करोड ३१ लाख रुपैयाँ रहेको छ भने स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क रकम ७ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ ।
साथै, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको ७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्