Shikhar Insurance
National Life

५ महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क १७ अर्ब बढी, कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क १७ अर्ब १७ करोड रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ५ महिनामा १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क उठाउँने पहिलो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले मंसिरमसान्तसम्ममा २ अर्ब १९ करोड ९८ लाख रुपैयाँको उठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । सोहि अवधिमा कम्पनीले १ अर्ब ७६ कारोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ भने सबैभन्दा धेरै बीमा शुल्क उठाउँने कम्पनीहरुको तेस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ५ महिनामा १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मंसिर मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ भने नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंसिर मसान्तसम्ममा १ अर्ब ४० करोड ९ लाख रुपैयाँ आजैन गरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ९९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ उठाएको छ भने नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको ५ महिनामा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले ७६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालू आव ५ महिनासम्ममा दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएको छ ।

साथै, मंसिरमसान्तसम्मा नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्