Shikhar Insurance
National Life

समुन्द्रटार–त्रिसूली ३ बी हब प्रसारणलाइन निर्माण सम्पन्न, डेढ अर्बको परियोजनाले २७० मेगावाट बिजुली ओसार्ने

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार–त्रिसूली ३ बी हब १३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिसूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।
समुन्द्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३/११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।

सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ । नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।

बालुवाटारमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिंचाइ सचिव देवेन्द्र कार्की,प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलगायतको उपस्थिति थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्