काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेको इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको छ । मंगलबार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १:०.२५ अनुपातका दरले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५० लाख ३० हजार ९ सय १ कित्ता बराबर कुल ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको हकप्रद निष्कासन गर्ने लागेको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्