काठमाडौं । सन् १९९५ मा स्थापना भएको सुजल फुड्सले सन् २०२४ मा १ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्ष २०२३ को तुलनामा ५० करोड ८० लाख अर्थात् २५.०६ प्रतिशतले कम हो ।
कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले २०२२ मा १ अर्ब ८९ करोड २० लाख, २०२१ मा १ अर्ब ८० करोड ५० लाख र २०२० मा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सुजल फुडको मुख्य स्वामित्व लक्ष्मी ग्रुपको छ । कम्पनीको मुख्य सेयरधनी गणेशबहादुर श्रेष्ठ, शुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस्