Shikhar Insurance
National Life

बजेट अभावमा धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

सिंहदरबार संवाददाता
२०८१ पुष ९, मंगलवार १७:२४
Hyundai
NCELL
NIMB

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।

उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि रु २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न रु तीन करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल–लामगाडा पुल ४ करोड पाँच लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमश: ५ करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।

आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा रु ८०/८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्