काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो१’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको नि:शुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ । फोनपेले ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्न यो अवसर प्रदान गरेको हो ।
ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ। यस अभियानको अवधि पुष २९ गतसम्म हुनेछ । कम्पनीका अनुसार लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको नि:शुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।
यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
कसरी सहभागी हुने ?
मोबाइल बैङ्किङ एप खोल्ने
फोनपे बिल्स चयन गर्ने
इन्टरनेट बिल चयन गर्ने
बिल विवरण प्रविष्ट गर्ने
महिना वा थप भुक्तानी अवधिको चयन गर्ने
भुक्तानी पुष्टि गर्ने
प्रतिक्रिया दिनुहोस्