Shikhar Insurance
National Life

सिभिल बैंकको सिइओ पोखरेलले सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका ररूपमा लिने गरेका छन् । उनीसग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्