काठमाडौं । कालीका पावर कम्पनी लिमिटेडले ७.३६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १७औ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बसको सञ्चालक समितिको निर्णय अनुसार गत आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई कुन ७.३६ प्रतिशत प्रस्ताव पारित गर्ने पुस २९ गते साधारण सभा हाव्हान गरेको हो ।
सभा चितवनको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि बस्ने आव्हान गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने निर्णय गरेको छ ।
साथै, सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन सक्नेछन्
प्रतिक्रिया दिनुहोस्