Shikhar Insurance
National Life

एफपीओ निष्कासन प्रस्ताव पारित गर्ने विजय लघुवित्तले बोलायो पुस २८ गते सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ८, सोमबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्तले एफपीओ जारी गर्न प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा १६औं वार्षिक धुलिखेल लज रिसोर्ट, काभ्रेपलान्चोकमा दिउँसो साढे १२ बजे बस्ने आव्हान गरेको हो ।

सभामा सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेश गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभामा चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसर पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्