Shikhar Insurance
National Life

नवलपुरमा फस्टाउँदै व्यावसायिक प्याजखेती, सबैभन्दा धेरै उत्पादन गर्नेलाई २० हजार पुरस्कार

सिंहदरबार संवाददाता
२०८१ पुष ८, सोमबार ११:१२
Hyundai
NCELL
NIMB

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।

जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद २० हजार राशिको पुरस्कार वितरण गरिने छ । दोस्रोलाई रु १५ हजार, तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ ।

क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए । दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको हो ।

प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । नर्सरीमा नासिक रेड-५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन् । प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताए ।

कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ नि:शुल्क उपलब्ध गराइएको जनाएको छ । साथै कार्यालयले प्याजखेती प्रवर्द्धन कार्यक्रमका लागि १७ लाख बजेट विनियोजन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्