Shikhar Insurance
National Life

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

सिंहदरबार संवाददाता
२०८१ पुष ८, सोमबार १०:५८
Hyundai
NCELL
NIMB

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा नि:शुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।

‘गर्भवतीलाई नवजात शिशु जन्माउन नि:शुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार नि:शुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्