काठमाडौं । चालु वर्षको पहिलो ५ महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात ३ प्रतिशतले बढेको हो ।
पाँच महिनामा निर्यातर्फ भने सुधार देखिएको छ । भारतमा पाम, सोयाबिन, भटमास तेलको भन्सार बृद्धि हुदाँ नेपालबाट निर्यात बढेको हो । गत वर्षको तुलनामा निर्यात १६.५४ प्रतिशतले बढेको छ । यो अविधमा ७३ अर्ब ६५ करोड ९७ लाख बराबरको निर्यात भएको छ । पोहोर यो अवधिमा ६३ अर्ब २० करोड बराबरको निर्यात भएको थियो ।
भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो । कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालामा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो ।
समिक्षा अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड पुगेको छ ।
भारतले पाम, सोयबिन, भटमासको तेलमा भन्सार बढाएपछि नेपाली उद्योगीले बैंकको लिमिट र ऋण बढाउन थाले
प्रतिक्रिया दिनुहोस्