Shikhar Insurance
National Life

बीमा समितिले भन्योः नयाँ बीमा कम्पनीलाई तत्काल लाईसेन्स दिने योजना छैन

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्कालै लाइसेन्स दिने योजना नरहेको स्पष्ट पारेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् ।

पौडेलले विज्ञप्तिमा भनेका छन्, “नयाँ बिमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बिमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलले समितिले कुनै पनि नयाँ जीवन बिमा, निर्जीवन बिमा र लघुबिमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाही समेत नगरेको स्पष्ट पार्न चाहेको बताएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्