काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जसअनुसार आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
१८औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २५ गते लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।
सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछन् ।
सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्