काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिके निर्णय अनुसार सेयरधनाीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
साथै, प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्