काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयरर निष्काशन गर्ने भएको छ।
कम्पनीको पुष ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुष २७ गते दाङ, घोराही उपमहानगरापलिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा बस्ने गरी साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुष १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्