Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो पुस २८ गते सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएके छ । कम्पनीको सुस ५ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार १३ औं वार्षिक साधारण सभा लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग लुभुमा ११ बजेदेखि सभा देखि आव्हान गरेको हो ।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

सभामा भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

साथै, सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्