काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुष २९ गते साधारण सभा बोलाएको छ । संस्थाको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले पुष २९ गते होटल टारन्फ इन्टरनेशनलको सभाहल, पोखरा-१०, बुद्धचोक, कास्कीमा बस्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको आव ०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ०.५० प्रतिशत नगद लाभांश (बोनश सेयरमा लाग्ने कर) र ९.५० प्रतिशत बोनस सेयर गरी जम्मा १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने संस्थाले जनाएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभा प्रयोजनका लागि पुष १९ गते एक दिन सेयर दाखिला खारेज बन्द रहने छ। पुष १८ गतेसम्म नेप्से कारोबारमा सेयरधनीहरु मात्र सभामा भाग लिन पाउने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्