काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) १ लाख ४८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्