काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको पुष ४ गते बसेको सञ्चालक समिति बैठकले पुष २८ गते क्वालिटी बैंकेट, बुद्धनगर, काठमाडौंमा सभा बस्ने निर्णय गरेकोे हो ।
कम्पनीको १६ औँ वार्षिक साधारणसभाले कम्पनीको चुक्तापुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको १७ औँ वार्षिक साधारणसभाबाट उक्त अनुपातमा पुनरावलोकन गरी कम्पनीको हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिको सत्रौं वार्षिक (आर्थिक वर्ष २०८०/०८१) प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।लेखा परीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि पुष १९ गते एक दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ । पुष १८ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरू मात्र सो सभामा भाग लिनको लागि योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्