काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोईराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी काँग्रेसमा विकसित भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भनेका थिए भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए ।
उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए ।
महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिएकाे बताए । उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्