काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकको हाल कायम चुक्त पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ बमोजिम सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ ।
साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुले पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्