Shikhar Insurance
National Life

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ : कृषिमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ पुष ५, शुक्रबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका छन् । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको जानकारी दिए । उनले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको बताए । उनले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताए । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरुमा लेखनाथ पोखरेल, ममता थापा, मदन पौड्याल, प्रशान्त खड्का, रवि थापा र सरिता थारु रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्