काठमाडौं । भिजन लुम्बिनी ऊर्जाले २ वर्षको साधारण सभा बोलाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २७ गते दियालो फुडल्याण्ड रुपन्देही कालिकानगरमा बिहान साढे १२ बजेदेखि बस्ने आव्हान गरेको हो ।
सभामा गत दुई आव ०७८/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछन् ।
सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय छलफल गर्नेछन् ।
सभामा ७ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभा प्रयोजनार्थ लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्