Shikhar Insurance
National Life

गभर्नर अधिकारीको ‘लो कष्ट हाउजिङ’लाई बैंकले यसरी गर्न सक्छ फाइनान्स, ‘घरजग्गा अनुत्पादक भन्ने भाष्य गलत’

रोशनी तामाङ
२०८१ पुष ५, शुक्रबार ०९:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल इकोनोमी बुष्ट गराउन ‘लो कष्ट हाउजिङ’को योजना अघि सारेका छन् । अनौपचारिक रुपमा अर्थ मन्त्रालयलाई दिएको सुझावमा गभर्नर अधिकारीले तत्कालै काम थाल्नेगरी देशका विभिन्न कुनाहरुबाट लो कष्ट हाउजिङको योजना अघि बढाउनु पर्ने योजना ल्याएका हुन् ।

गभर्नर अधिकारीको योजनामा निजी क्षेत्रले सहमति जनाइसकेका छन् । यसैगरी, बैंक तथा वित्तिय संस्थाहरुले पनि ‘लो कष्ट हाउजिङ’मा  फाइनान्स गर्न सकिने बताइसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले ‘लो कस्ट हाउजिङ’ ले हजारौँ युवाको सपना साकार पार्ने बताएका छन् ।

केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘लो कस्ट हाउजिङ योजना’ ले देश छोडिरहेका हजारौँ युवाहरुको सपना साकार गर्ने बताएका हुन् । ‘लो कस्ट हाउजिङ’ आवश्यकता अनुसार उपयोग गर्न सके यसको माग बढ्ने केसीको तर्क रहेको छ ।

केसीले ‘बैंक र उद्यम’ टेलिभिजन कार्यक्रममा बोल्दै गभर्नरको योजनामा सहमति जनाएका हुन् । सिइओ केसीले भने, “जति मान्छेहरु बाहिर गइरहेका छन् । उनीहरुका लागि फस्ट क्लू भनेकै एउटा सपना भनौँ या घर बनाउने तर हामी अव्यवस्थित रुपमा अघि बढिरहेका छौँ । प्राइभेट सेक्टरलाई पनि सँगै लिएर व्यवस्थित किसिमले लिएर जाने हो भने एउटा टाइममा जाने हो भने त्यहाँ पनि डिमान्ड हुन्छ।”

गभर्नरको ‘लो कस्ट हाउजिङ’ पनि एक किसिमको घरजग्गा नै रहेको र त्यस्लाई बैंकहरुले फाइनान्स गरेर स्ट्रक्चर वेमा, अर्गनाइज वेमा लिएर जाने हो भने मुलुकको अर्थतन्त्रमा लो कस्ट हाउजिङले सकरात्मक परिवर्तन ल्याउन सक्ने धारणा सिइओ केसीको छ ।

लो कस्ट हाउजिङको डिमान्डलाई पूरा गर्न नसक्नुको प्रमुख कारण, जुन खालको स्ट्रक्चरल अर्गनाइज वेमा हुनु पर्ने हो, त्यो नभएको र अन अर्गनाइज वेमो धेरै काम हुनु रहेको केसीको तर्क छ । “त्यस्ले गर्दा अर्फोटाबीलिटीमा पनि इस्यु आइरहेको छ । चाहेर पनि किन्न नसक्ने भइसकेपछि अलि अप्ठ्यारो भएको हो” उनले भने ।

उनले बैंकहरुले अपर्चुनिटी हुने बित्तीकै सबै क्षेत्रमा लगाउँदै आएको र सरकारले जहाँ भनेको छ त्यहाँ लगानी गरेको बताए । उनले अब भने सरकारले भनेको ठाउँमा नभएर अन्य रिटेल, फाइनान्सिङ, हाउजिङ फाइनान्सिङ लगायत सेक्टरमा लगानी गर्नु पर्नेमा जोड दिए ।

“घरजग्गाको जुन प्राइसिङको मोडल छ । त्यसमा कहि न कहि रिभ्यु गर्नुपर्छ । केही खालको अलि बढी ट्रान्सफरेन्स गरेर, त्यहाँ भ्यालुएसनको सिस्टम अनलाइनमै गएर गर्न सकिने जस्ता बाहिर भएका प्रोभिजनहरुलाई लिएर आयो भने गर्न सकिन्छ।” उनले थपे । उनले पछिल्लो १०, १५ वर्षमा बढेको घरजग्गाको भाउले सर्ट ट्रममा केही राम्रो इम्प्याक्ट देखिए पनि लङ ट्रममा राम्रो इम्प्याक्ट नगर्ने दाबी गरे ।

आन्तरिक र बाह्य अर्थतन्त्रमा भाइब्रेन्ट नआएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ उपाय सुझाएका थिए । वर्षमा एक पटक बन्ने बजेट नीति र मौद्रिक नीति आइसकेको अवस्थामा तत्काल अर्थतन्त्रलाई गति दिन गभर्नर अधिकारीले अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए ।

केही साता अघि ‘बैंक र उद्यम’ टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सधैं सेयर बजार र गाडीको पछि लागेर नहुने धारणा राखेका थिए । उनले काठमाडौंको कुनै कर्नर (क्षेत्र) मा ४० लाखदेखि ६० लाखसम्म पर्ने घरहरु बनाएर त्यसलाई बिक्री गर्न सके अर्थतन्त्रमा सजिलै सुधार आउने बताएका हुन् ।

उनले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘काठमाडौंको कुनै कर्नरमा ५–५ हजारको बस्ती बसाईदिने, लो कस्ट हाउजिङ । ४० लाख, ५० लाख ६० लाखमा पाइने घरहरु बनाइदिने । ५ हजारको बस्ती बसिसकेपछि त्यहाँ छुट्टै स्कुल हुन्छ । छुट्टै स्वास्थ्य केन्द्र हुन्छ । छुट्टै डिपार्टमेन्टल स्टोर हुन्छ ।’

उनले काठमाडौंका घरहरुको मूल्य मान्छेको क्षमता भन्दा बढीको भएकाले घर जग्गा किनबेचमा कमी आएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा ५/६ करोड कमको घर पाइँदैन । मान्छेको क्षमता १ करोडभन्दा कम छ । क्षमता कम भएको मान्छेले ४र५ करोडको घर किन्न सक्दैनन्, सरकारले घर बनाएर ४० लाखदेखि ६० लाखसम्ममा बेच्न सक्यो भने यहाँ जसले पनि घर किन्छ र अर्थतन्त्र पनि सहजै चलायमान हुन्छ ।’

यसले मुलुकको अर्थतन्त्रमा मात्रै नभएर उत्पादन क्षेत्र सिमेन्ट, स्टिल, इट्टा, रडहरु समेत यही खपत हुने उनको भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक मन्दीले घरजग्गा व्यवसायहरु समेत समस्यामा परेको बताउँदै सो क्षेत्रलाई सुधारको लागि आफ्नो यो योजनाले केही हदसम्म टेवा पुर्याउने धारणा समेत व्यक्त गरेका थिए ।

नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले मुलुकमा देखा परेको आर्थिक मन्दीको अवस्थामा सरकारले नै विभिन्न नीतिलाई अपनाउने हो भने ‘लो कस्ट हाउजिङ’ सहजै सम्भव हुने बताएका छन् । उनले अहिलेको स्थितिमा सम्भव नभएको तर कन्डिस्नल्ली यो सम्भव रहेको बताए ।

उनले सिंहदरबारसँग भने, ‘जहाँ प्रोजेक्ट गरिन्छ । त्यो डिस्ट्यान्ससम्म सरकारले ठूलो हाइवे रोड, यातायातको सहज रुपमा आवात९जावत गर्न सक्ने रोड पुर्याउन सक्ने हो भने यो सम्भव छ ।’

‘लो कस्ट हाउजिङको लागि सरकारले जमिन उपलब्ध गराउन सक्नुपर्यो तर सरकारसँग त्यो स्थिति पनि छैन । त्यसैले सरकारले पब्लिकको जग्गा किनेर अगाडि बढ्ने हो भने यो सम्भव छ’ उनले भने, ‘सरकारले व्यक्तिको ४-४ आना जग्गा कलेक्सन गरेर ५ हजार रोपनी जग्गा पुग्दैन । त्यसैले, राज्यले नै एउटा नीति बनाएर जग्गाधनीसँग एकमुष्ट जग्गा किनेर डेभलपरलाई दिने स्थिति बन्यो भने यो सम्भव छ ।’

काठमाडौं भित्रका महँगो प्रोप्रटीहरु मध्यम वर्गका मानिसहरुले किन्न नसकेको अवस्थामा उनीहरुको इच्छा पूरा हुनुका साथै उनीहरुलाई व्यवस्थापन गर्न ‘लो कस्ट हाउजिङ’ उपयुक्त हुने जिकिर गरे । आजको अवस्थामा यो एउटा आवश्यकता समेत रहेको अध्यक्ष लोहनीको भनाइ छ ।

गभर्नर अधिकारीको तत्काल इकोनोमी बुष्ट गर्ने लो कस्ट हाउजिङमा अर्थमन्त्रालयले समेत सहमति जनाएको छ । आर्थिक मन्दीमा पिछडिरहेको मुलुकको अर्थतन्त्र लो कस्ट हाउजिङ योजनाबाट अगाडि बढ्न सक्ने अर्थमन्त्रालय भन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा रहेको र यस्तो अवस्थामा गभर्नरको ‘लो कस्ट हाउजिङ’ योजना उपयुक्त हुने दाबी गरेका छन् ।

उनले सिंहदरबार डटकमसँग भने, ‘यो लो कस्ट हाउजिङ सरकारले गर्ने काम हैन । प्रकृयामा जाने भनेको निजी क्षेत्र नै हो । नीजि क्षेत्र आफैँले प्रस्ताव लिएर आउँछ भने त्यसमा बैंकले कर्जा प्रवाह गर्ने, निजी क्षेत्रले नै कन्सट्रक्सन गर्ने काम गर्छ ।’

‘लो कस्ट हाउजिङ’को लागि सस्तो ब्याजमा ऋण पाइन्छ । अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । यो कन्सेप्ट आफैँमा एकदमै राम्रो हो ।’ उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्