काठमाडौं । नेकपा(एमाले)को ओली समुहले बोलाएको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठकमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने सहभागी हुने छैन् ।
बिहिबार समुहको स्थायी कमिटी बैठकले ओली समुहले बोलाएको बैठक गुटको मात्रै भएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको थियो । ओली १० औं महाधिवेशन आयोजक कमिटीलाई भंग गरि त्यसैलाई केन्द्रिय कमिटीमा रुपान्तरण गरेका थि, जहाँ पूर्व माओवादीका २० जना नेतालाई केन्द्रिय सदस्य बनाइएको छ ।
नेपाल समुहले भने २०७५ जेठ २ अघिको संरचनामा पार्टी र अन्य सबै जनवर्गिय संगठनहरुलाई फर्काउनुपर्ने अडान राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्