Shikhar Insurance
National Life

आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १४:४५
Hyundai
NCELL
NIMB

चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्‍याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरमा ल्याइने बताएका हुन् ।

सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने उनले बताए । सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्