Shikhar Insurance
National Life

संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माणमा सक्रियतापूर्वक लागेको छु : सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १२:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे । उनले तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरुको कार्यान्वयनमा धेरै मतभेद नरहेको जानकारी दिए । उनले संघीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरु अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए । सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । कानून कार्यान्वयनको लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्