Shikhar Insurance
National Life

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

उनले भने ‘अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको छ ।’ चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ । मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए । परिसंघले पूर्वधार सम्बन्धी गोष्ठि र महिलाहरुलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘कतिपय विषयहरु टेक्निकल हुन्छ । त्यसमा हाम्रो मिडियाको साथीहरुलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको हो । यसको सन्र्दभमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौँ । जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौँ । यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौँ । छलफलले परिसंघ र मिडियाको एक आपसमा राम्रो सम्बन्ध पनि हुन्छ ।’

अग्रवालले हिजो मात्रै विद्युत प्राधिकरणले लोडसेडिङ गर्ने घोषण गरेको बताए । अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टासम्म लोडसेडिङमा नै रहेको बताए । उनले भने, ‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टा लोडसेडिङमा बसेको थियो । अहिले तामाकोशीको बाहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठिक छ रु भन्ने छलफलको विषय हो । त्यो बेलापनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो ।

जिरो रकमले नेट एक्स्र्पोटर देखाइएको थियो अन्तिममा गएर त्यो बेला विद्युत प्राधिकरणको मातहतमा नेट एक्स्पोर्टर नभएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने थियो भन्ने कुरा पनि मुख्य हो । लोडसेडिङले उद्योगलाई आर्थिक रुपमा प्रभाव धेरै पर्छ । विद्युत भनेको उत्पादन क्षेत्रको कच्चा पदार्थ नै हो । तर, त्यसको उपलब्धता नहुँदा हामी आत्मनिर्भर अर्थतन्त्र, आयात प्रतिस्थापनको कुरा गर्ने सोचमा मात्रा रहन्छ जस्तो लाग्छ । किन भने विद्युतको उपलब्धता जस्तो सानो कुरा पनि नहुनु भनेको हाम्रो लागि र्दुभाग्य पनि हो ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्