Shikhar Insurance
National Life

माडीमा १ हजार बढी परिवार गरिबीको रेखामुनि

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार ११:२२
Hyundai
NCELL
NIMB

चितवन । जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्गीकरणा गरिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूची विवरण सार्वजनिक गरेको हो । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार विसं २०७८ सालदेखि माडी नगरपालिकाका नौवटा वडामा आठजना गणक र एकजना सुपरिवेक्षकले घरधुरी सर्वेक्षण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही सर्वेक्षणका आधारमा गरिब घरपरिवार पहिचान गरी सार्वजनिक गरिएको हो । हरेक घरमा कार्यविधि अनुसारका प्रश्नावली बनाएर सर्वेक्षण गरिएको भण्डारीले जानकारी दिए । घरको आम्दानी, खर्च, आर्थिक अवस्थालगायत विषयमा केन्द्रित रहेर गणना गरिएको थियो ।

प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने सूचना अधिकारी भण्डारीले बताए ।

नगरप्रमुख ताराकुमारी काजी महतोले गरिब परिवारको पहिचानसँगै नगरपालिकालाई भावी कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने जानकारी दिए । गरिब परिवार लक्षित कार्यक्रमहरू बनाउन यो तथ्याङ्कले सहयोग पुग्ने उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्