Shikhar Insurance
National Life

लाभांश प्रस्ताव गर्न बुटवल पावर कम्पनीले बोलायो पुस २८ गते साधाराण सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पुस २८ गते २२ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक प्रतिवेदन छलफल गर्नेछन् ।

सभामा वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

सभामा विद्युत उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने, एफपीओ निष्कासन र सहयोग रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव समावेश गर्नेछ ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्याय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्