Shikhar Insurance
National Life

१० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सर्वात्तम सिमेन्टले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वात्तम सिमेन्ट लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २६ गते शुक्रबार होटल भिलासा रुपन्देही भैरहवामा बिहान ११ बजे आव्हान गरेको हो ।

कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय छ । कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्