Shikhar Insurance
National Life

न्याय परिषद्लाई गतिशिल बनाए मात्रै विकृतिहरुको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १७:००
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्लाई गतिशिल बनाउनुपर्ने बताएका छन् । मंगलबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले न्याय परिषद्लाई गतिशिल र जिम्मेवार बनाउन सकेमात्रै न्याय क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरुको अन्त्य गर्न सकिने बताएका हुन् ।

उनले न्याय परिषद्को सक्रियता समग्र न्याय प्रणालीको सुदृढिकरणको प्रस्थानबिन्दु भएको बताए । उनले न्याय परिषद्ले सम्पादन गर्ने कुनैपनि काम कारबाही पारदर्शी हुनुपर्ने जानकारी दिए । न्याय परिषद्ले समय सन्दर्भिक रुपले विकसित भएका नविन अवधारणाहरुलाई क्रमश: आन्तरिकिकरण गर्दै आफ्ना परम्परागत भुमिकाबाट अगाडि बढ्दै आजको युगमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेला भएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालको संविधानले समग्र देशको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको कुरालाई आत्मसाथ गर्दै उक्त जिम्मेवारी निर्वाह गर्ने भरपर्दो सारथीको रुपमा मैले न्याय परिषद्लाई समेत बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्