काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आइईएलटीएस टेस्टको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आइईएलटीएस टेस्ट शुल्कमा फ्ल्याट २ हजार क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा पुष ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट सुबिधा निरन्तर चलिरहने कम्पनीले जनाएको छ । यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइईएलटीएस परिक्षा शुल्क सहजै तिर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरुले आइईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 द्यज्ञ को निम्ती भुक्तानी गर्न सक्नेछन्।
आइएमई पे एपबाट आइईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘IELTS टेस्ट बुकिङ’ मा गइ सोधिएको विवरण भरेर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्