Shikhar Insurance
National Life

कोरोना निको हुने दर ९३ प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्