काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रति बर्ष घर कर्जा योजना ल्याएको हो ।
यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्नेछन् ।
अधिक्तम २ करोड सम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहक महानुभावहरुलाई नि:शुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुबिधा रहेको छ साथै पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्