Shikhar Insurance
National Life

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘अलिपे प्लस’ मार्फत अन्तरदेशीय क्वीआर भुक्तानी गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग ‘अलिपे प्लस’ नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्वीआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्वीआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको सानिमा बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्