काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।
फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आएको यस रियलमी सि ६३को ४+ ६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।
यसबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘हामी नेपाली बजारमा रियलमी सि ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकवर्गको चाहनालाई मध्यनजर गर्दै हामीले सि ६३ को ४+ ६४ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौँ ।’
फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।
३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।
आकर्षक डिजाइन र उच्चतम अडियो
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाऊन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ ।
टिकाउ एवम् उत्कृष्ट प्रदर्शन
रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ ।
कम्पनीको अनुसार यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निमार्ण भएको छ जसमा ४+४ जीबीको डाइनामिक र्याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ ।
रियलमी सि ६३ मा एआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ । स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १०% सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।
आई कम्फर्ट डिस्प्ले र उत्कृष्ट अडियो अनुभव
रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिने कम्पनीले जनाएको छ ।
स्कृन टु बडी ९०.३ प्रतिशतको साथमा १६००८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसको डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ । उत्कृष्ट अडियो अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ ।
मेमोरी र स्टोरेज
एडभान्स क्यामेरा सिस्टम
रियलमी सि ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्न सकिने कम्पनीले जनाएको छ ।
आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषताहरू
रियलमी सि ६३ मा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ ।
एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ ।
दैनिक जीवनका चुनौतीहरू सामना गर्न तयार
आइपि ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सि ६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । रियलमी सि ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परिक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ । यसको बलियो बनावटले लामो समयसम्म टिकाउपन सुनिश्चित गर्दछ ।
कनेक्टिभिटी र नेभिगेसन
रियलमी सि ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ । साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।
पृथक युजर एक्स्पेरियन्स
एन्ड्रोइड १४ मा आधारित रियलमी सि ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ ।
मुल्य र उपलब्धता
रियलमी सि ६३को ४+ ६४ जीबी स्टोरेज भेरिएन्ट १४ हजार ४९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।
सबैभन्दा छिटो चार्जिङ हुने क्षमता, सबैभन्दा स्लिम डिजाइन, सबैभन्दा स्मूथ टच र लामो समय टिक्ने उत्कृष्ट प्रदर्शनको साथ रियलमी सि ६३ स्मार्टफोनको बजारमा एक गेम चेन्जर हो ।
प्रतिक्रिया दिनुहोस्