काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी आत्माराम घिमिरेको नाममा रहेको १ लाख कित्ता र माउण्टेन इन्फ्रा कम्पनीको नाममा रहेको २ लाख २१ हजार ६ सय ५० कित्तागरी कुल ३ लाख २१ हजार ६ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकोे ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्