Shikhar Insurance
National Life

‘नमस्ते पे’ मार्फत उडान टिकट खरिदमा १५० रुपैयाँ क्यासब्याक, हरेक महिना आकर्षक उपहार

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नमस्ते पेले उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा टिकट प्रदान गर्ने उद्देश्यले नयाँ अफर सुरु गरेको छ । यो अफर पुष १ गतेदेखि फागुन २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको अनुसार हरेक महिना १ भाग्यसाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्