काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांशमा ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश रहेका छन् । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी १२ औँ वार्षिक साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्