काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको ३ प्रतिशत बोनस सेयर दिने भएकाले सेयर मूल्य समायोजन गरेको छ ।
समायोजन पछि कम्पनीको सेयर मूल्य ४ सय ४९ रुपैयाँ ५१ पैसा रहेको छ भने समायोजन अघि कम्पनीको सेयर मूल्य ४ सय ६३ रहेको थियो ।
साथै, अब कम्पनीको सेयर बुधबार (पुस ३ गते) देखि दोस्रो बजारमा कारोबारमा आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्