Shikhar Insurance
National Life

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौं : मन्त्री यादव

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार १५:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् । मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।

उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको जानकारी दिए । उनले काठमाडौं उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपत्यका नजिक पानीका मुहान नभएका कारण केही समस्या भएको उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्