Shikhar Insurance
National Life

मंगलबार झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ३४ करोड

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.९५ अंकले बढेर २६३३.८७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ३ हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ७९ रुपैयाँ पुगेको छ ।

मंगलबार ११७ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्