Shikhar Insurance
National Life

रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार १२:४८
Hyundai
NCELL
NIMB

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन् । उनले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीको आयोजनामा आज यहाँ भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गरे । साथै उनले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्