Shikhar Insurance
National Life

१५.७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न माउण्टेन इनर्जीले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ पुष २, मंगलवार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुष २८ गते सभा बोलाएको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ । सभा आम्रपाली ब्यान्क्वेटमा बस्ने भएको छ । सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै कम्पनीले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउछ ।

सो चुक्ता पुँजी १स्०।५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस सँगै पुष १० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सकिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्