काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश्मा १० प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश (बोनश सेयरमा लाग्ने कर सहित) रहेको छ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुष २८ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुष १६ गते एकदिन कम्पनीको सेयर दाखिला खारेज बन्द रहने छ । पुष १५ गतेसम्म कायम सेयरधनीहरु मात्र सभा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्