काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेस, भगवती हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बापतको ४२ लाख ९६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, भगवती हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीकाे ४ प्रतिशत बोनस बापतको २ लाख २८ हजार ८ सय २६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, अब यी २ कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्